२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले ओसासुनालाई ४–० ले हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले घरेलु मैदानमा ओसासुनामाथि एकपक्षीय ४–० गोलको जित निकालेको हो ।

रियललाई फराकिलो जित दिलाउन जुड बेलिङहमले दुई गोल गरे भने भिनिसियस जुनियर र होसेलुले एक–एक गोल थपे ।

खेलको ९ औं मिनेटमा नै बेलिङहमले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा उनले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पारे । ६५ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३–० गोलले अघि बढाए । यस्र्तै ७० औं मिनेटमा होसेलुले गोल गर्दै रियललाई ४–० को जित दिलाए ।

जितसँगै रियल ९ खेलबाट २४ अंकका साथ शीर्षस्थानमा यथावत छ । समान खेलबाट १० अंक रहेको ओसासुना १० औं स्थानमा छ ।