७ मंसिर २०८१, शुक्रबार
,
Latest
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल, एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदानः अधिकारीहरू रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसंग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा



अ+ अ-

काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जबाट अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा ल्याइएको हो । एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिनुभएको छ ।

नेम्वाङको अन्त्येष्टि भोलि बुधबार गरिने बताइएको छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।