१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

५० वर्षअघि आजकै दिन यसरी जलेको थियो सिंहदरबार

५० वर्षअघि आजकै दिन यसरी जलेको थियो सिंहदरबार
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । १९औं शताब्दीको विशिष्ट वास्तु  नमूनाका  रुपमा रहेको सिंहदरबारमा विसं २०३० मा आजकै दिन अर्थात असार २५ गते आगलागी भएको थियो ।

चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर निर्माण गराएका यो भव्य दरबारमा १७ सय कोठा तथा विभिन्न चोकहरू थिए र यसलाई बनाउन एक वर्ष लागेको थियो ।

आगलागी हुनुभन्दा अगाडिसम्म एसियाकै सबैभन्दा ठूलो प्रशासनिक भवन मानिएको सिंहदरबारमा आगलागी हुँदा दरबारको पूर्वी भाग ध्वस्त भएको थियो । आगलागीबाट बचाउन ठूलो प्रयास भए पनि सफल नभएपछि अगाडिको भागमात्र भए पनि बचाउनका लागि तोप हानेर पछाडिको भाग भाग भत्काइएपछि बाँकी सिंहदरबार जलेर खरानी भयो।

हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो भने सिंहदरबारभित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । १ नम्बर चोकमा तत्कालीन युवराजाधिराज दीपेन्द्रको व्रतबन्ध गरिएको थियो ।

दरबारको पुर्ननिर्माण गर्न धेरै वर्ष लागेको थियो । अहिलेसम्म पनि सिंहदरबारमा के कारणले आगलागी भएको थियोभ न्ने खुल्न सकेको छैन । रातको १० बजेतिर एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको बताउने गरिन्छ ।

बिहान हुँदा नहुँदै तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए । नेपाली सेनाले सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाएको थियो । आगलागीपछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारिएको थियो ।

त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको बताइन्छ ।

विसं १९५८ असार १० गते सत्तामा आएका चन्द्र शमशेरले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गर्दै प्रतिरोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरेका थिए ।

सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेको भए पनि बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए । सिंहदरबार बनाउँदा त्यसमा प्रयोग भएका सम्पूर्ण काठ काठमाडौँ नजिकको ‘छरिया’ जंगलबाट कटानी गरी ल्याइएको थियो ।

सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिएका थिए । सिंहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री पद त्याग गर्ने उनको निर्णयलाई नैतिकताको उदाहरणको रुपमा लिइन्छ ।

फोटो- सामाजिक संञ्जाल