१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनु पर्छ: पूर्वमन्त्री आले

खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनु पर्छ: पूर्वमन्त्री आले
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नु पर्ने बताउनु भएको छ ।

शुक्रबार पर्यटन बोर्डमा एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको ठूलो कायापलट हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले खप्तड क्षेत्रको विकास गरे समग्र सुदूरपश्चिमको विकास हुने छ, खप्तडलाई देश विदेशमा चिनाउने गरी विकासका पूर्वाधार निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका पूर्वमन्त्री आलेले खप्तड क्षेत्रमा पर्यटकीय पूर्वाधारदेखि सडक, विधुत लगायतका सेवाको अति आवश्यक भएकाले सरकारले त्यहाँ पर्यटक भित्रयाउनका लागि सडकको पहुँच पु¥याउन जरुरी भएको बताउनुभयो । सुदूरपश्चिमका असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्रहरु रहेका भएपनि सरकारले ती क्षेत्रको विकास तथा विस्तारका लागि ठोस पहल चाल्न नसकेका कारण ती क्षेत्रहरु ओझेलमा पर्दै गएको उहाँको आरोप थियो ।

यसैगरी आफु संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएको समयमा सुदूपश्चिमका पर्यटकीय क्षेत्रको विकास तथा बिस्तारका लागि थुप्रै कामहरु गरेको र बजेट पनि विनियोजन गरेको भएपनि आफु मन्त्रीबाट हटेपछि अहिले ती विकासका कामहरुलाई पछिल्लो सरकारले निरन्तरता नदिएको पूर्वमन्त्री आलेको आरोप छ । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरुमा पर्यटक भित्रयानका लागि त्यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको विकासका साथै त्यहाँका विमानस्थलहरुमा अनिर्वाय रुपमा जहाज सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्नु हुँदै पूर्वमन्त्री आलेले आन्तरिकतर्फको काठमाडौँ पछिको दोस्रो ठूलो विमानस्थल धनगढीको स्तरोन्तीमात्रै गर्न सके सुदूरपश्चिमका खप्तड, बडिमालिका, शैलेश्वरी, बडिकेदार लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा हजारौँ पर्यटकहरु भित्रयाउन सकिने र त्यहाँको विकासमा सहज हुने धारणा राख्नुभयो ।

एभरेष्ट ग्यालरीले आफ्नै लगानीमा खप्तड क्षेत्रमा पुगेर त्यहाँका बिभिन्न मनोरम दृष्यहरु सहितको भिडियो निर्माण गरी प्रशारण गरेकोमा उहाँले समग्र टिमलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यस्ता दृष्यहरुले पर्यटक भित्रयाउन सहज हुने भन्दै खप्तडका दृष्य, भिडियो छायानङ्कन गर्ने टिमलाई आगामी दिनमा आफुले सक्ने सहयोग गर्ने समेत पूर्वमन्त्री आलेले बचन बद्धता व्यक्त गर्नुभयो ।