७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने

बालेनविरुद्ध हजारौं फुटपाथ व्यवसायी सडकमा उत्रिँदै, नगरप्रहरीको प्रतिकारका लागि २०३ युवा तयार

बालेनविरुद्ध हजारौं फुटपाथ व्यवसायी सडकमा उत्रिँदै, नगरप्रहरीको प्रतिकारका लागि २०३ युवा तयार
अ+ अ-

काठमाडौं, १० असार । उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।

काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ । बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ । आफूहरुसँग महानगर र सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् । आफूहरुमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी छ । बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीड दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बुझाई छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ÷संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेन पर्दा पछाडिको हिरामात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःख दिनेर वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने काम भन्दा केही नगरको आरोप लगाए । बालेन आफू सर्वैसर्व हुँ भनेर लागिरहेको उनको आरोप छ ।
‘हामीले पटक–पटक आन्दोलन र वार्तामार्फत धेरै चोटी कार्यक्रम गर्यौं । महानगरपालिकाले हामीलाई झुटा आस्वाशनमात्रै देखायो । बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वैसर्व हो भनेर उहाँ पर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’– उनले भने ।

महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर ल्याएको उनको आरोप छ । अब आफूहरु महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे । महानगरका प्रहरीले उठाएर लगेको सामन के गरिन्छ भन्ने वास्तविकता पनि बाहिर आउनुपर्ने उनले बताए ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिला दाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए । आफूहरुको पेशा व्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ । फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्र बुझाउ र वार्ताका लागि जाँदा कुनै सुनुवाई नभएको उनले बताए । बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा बेलैमा नसोचेमा आफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे ।

‘तपाईँ अब यो समस्यालाई कसरी समाधान गर्नुहुन्छ ? त्यतातिर जानुुस् । यदि जानुभएन भने तपाईँका पछाडि अब गम्भीर चुनौतिहरु आउने छन् । हामी चुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दा पनि कडा प्रतिकारमा हामी उत्रिने छौं ।’ उनले थपे, ‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजी हिजो इन्डियाबाट आएका हौ कि कताबाट आएका हौ, उतै जानुपर्छ ।’

बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए । उनले आज ती घोषणापत्र कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन् । मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहीँ डोजर चलाउन नसकेको उनको आरोप छ ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए । २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्ड मुनी राखेर आफूहरुले आन्दोलन गर्दै राज्यसँग माग राख्दा आफ्ना मागहरुको सम्बोधन नगरेको आरोप लगाए । विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दा पनि राज्यले विकल्प दिन नसकेको भन्दै उनले दुखेसो पोखे । आफूहरुले महानगरसँग पटक–पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ ।

‘हामीलाई सडक पेटीमा व्यवसाय गरेर विहान बेलुका गुजारा गर्ने व्यवसायीहरुलाई एउटा समय मिलाइदिनुस् । हाम्रो त्यत्ति अनुरोध हो तपाईँसँग, ठूलो अपेक्षा छैन । हामीलाई जागिर दिनुस् भनेको होइन, व्यवस्थापन गर्दिनुस् । हामीलाई सडकमै व्यवस्थापन गर्न दिनुस् भनेको पनि होइन, व्यवसाय गर्ने थलो देखाइदिनुस्,’– उनले काठमाडौं महानगरका मेयरसमक्ष आग्रह गरे ।

एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ । संघर्षको कार्यक्रममा उपस्थित् हुनका लागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे । संघर्षमा बलिदान दिनका लागि पनि तयार हुनुपर्ने उनले बताए ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टिम तयार भइसकेको बताए ।

‘हामी व्यवसायीको तर्फबाट युवा फोर्स तयार भइसकेको छ । संयोजक म आफैं छु । दुई सय तीन जनको टिम हामीले गठन गरेका छौं । स्वयमसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामन निगरानी गर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’– उनले भने ।
उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले काम गर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए । गरिखान देउ भनेर पनि लड्न पर्ने दिन आएको भन्दै उनले दुखेसो पोखे ।

आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनको भनाई छ । आफूहरुको पेशा व्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनि उनले महानगरलाई आग्रह गरे । गरिब वर्गलाई पिल्साएर राज्य समृद्ध बन्न नसक्ने उनको भनाई छ । विदेशका ठूला–ठूला सहरहरुमा पनि फुटपाथ व्यवसाय रहेको उल्लेख गर्दै उनले आफैं स्वरोजगार बनेको साना व्यवसायीलाई गरिखाने वातावरण दिन आग्रह गरे ।

उपत्यका विशेष प्रदेशअन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अमीर गुरुङले फुटपाथ व्यसायी आगोको झिल्को भएको बताए । उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत आग्रह गरे ।