२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिक



अ+ अ-

एजेन्सी । बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो । अभिनेता अनुपम खेरले आज बिहान ट्वीट गर्दै यो जानकारी दिएका हुन् ।

अनुपमले लेखेका छन् , ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन ।’ यद्यपि, उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

सतीशको जन्म १३ अप्रिल १९६५ मा हरियाणामा भएको थियो । उनको दिल्लीमा पढाइ भयो । किरोरी माल कलेजबाट स्नातक गरेपछि उनले नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा भर्ना भए । सन् १९८५ मा उनले शशि कौशिकसँग विवाह गरे ।

सतीशले सन् १९८३ मा बलिउडमा डेब्यू गरेका थिए । यसअघि उनले थिएटरमा काम गरेका थिए । उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए । सतीशलाई सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’बाट पहिचान मिलेको थियो । त्यसपछि उनले सन् १९९७ मा ‘दिवाना–मस्ताना’मा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा ‘राम लखन’ र १९९७ मा ‘साजन चले ससुराल’का लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे ।