४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतसँग बालेनको लन्च मिटिङ



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेकपा (एमाले) नेता महेश बस्नेतसँग भेटवार्ता गर्नुभएको छ । बालेनले नेता बस्नेतको घर भक्तपुर नेता बस्नेतसँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा महानगर प्रमुख बालेनले विगतको असमझदारीलाई टुंग्याएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले बताउनुभयो । “उहाँ मेरो घर भक्तपुरको गुण्डुमा आउनुभएको थियो। विगतको असमझदारी हटाएर सहकार्य गरेर जाऔँ भन्नुभयो”, उहाँले भन्नुभयो ।

नेता बस्नेतका अनुसार भक्तपुर पुगेर विकासे योजनाको अवलोकनपछि आफ्नै घरमा संगै खाना खाएर बालेन हिँड्नुभएको थियो ।

नेता बस्नेतले बालेनको प्रस्तावपछि आफूले सकारात्मक काममा सहयोग र सहकार्य गर्न तयार रहेको जवाफ दिएको बताउनुभयो । यसअघि नेता बस्नेत बालेनको चर्को आलोचकको रुपमा प्रस्तुत हुँदै आउनुभएको थियो ।