२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिकम विकसित राष्ट्रहरुको ‘कोअर्डिनेसन व्युरो’को जिम्मा नेपाललाई



अ+ अ-

काठमाडौं । नेपालले अतिकम विकसित राष्ट्रको ‘कोअर्डिनेसन व्युरो’को जिम्मेवारी पाएको छ । दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई उक्त जिम्मेवारी दिएको हो ।

संयुक्त राष्ट्रसंघमा एक महिनापछि हुने एक समारोहमा नेपाललाई उक्त जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरिनेछ ।

एलसीडीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२६ सम्म विकासशील राष्ट्रमा प्रवेश गरिसक्ने प्रतिवद्धता जनाएको छ । सम्मेलनमा नेपालले विकासशील राष्ट्रमा प्रवेशलाई सहज र सुनिश्चित बनाउन सहयोग गर्नुपर्ने आवाज उठाएको छ ।

सम्मेलनमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली प्रतिनिधि मण्डलको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायतका विभिन्न देशका नेता एवं पदाधिकारीसँग द्विपक्षीय, बहुपक्षीय छलफल भएको छ ।

सम्मेलनमा अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति कसरी सम्हाल्ने, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना , वित्तीय चुनौतीको सामना र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलगायतका कुरामा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

सम्मेलनमा भाग लिएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।