२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को पहिलो बैठकको कार्यतालिका तय, दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको यही पुस २५ गते पहिलो बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।

संसद्को पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकमा संसद्को पहिलो बैठकमा शीर्ष नेताहरुले बोल्ने कार्यतालिका तय गरिएको हो ।

प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका पनि तय गरेको छ । यद्यपि सभामुख चयनका बारेमा अर्को सर्वदलीय बैठका निर्णय गर्ने सहमति भएको बताइएको छ ।