१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री
file
अ अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको छ ।

बिहीवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै सरकारका न्युनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताउनुभएको हो । उहाँले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहाना पूरा गर्नेगरी कार्यक्रम आउने बताउनु भयो ।

उहाँले सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताउनु भयो । उहाँले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनैपनि दलको विमति नभएको बताउनु भयो । उहाँले साझा कार्यक्रम अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्युनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताउनु भयो । उहाँले सरकारले आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेकाले त्यो विषयमा पनि विवाद भयो भने त राजनीतिक दल हुन नसक्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीले अहिलेको सरकार जनमत अनुसारको सरकार बनेको बताउनुभएको छ । जनताले जसरी मत दिनुभएको छ । त्यो मत अनुसार सरकार बनेको हुनाले त्यसको लागि न्युनतम साझा कार्यक्रम समावेश हुन्छ । आम नागरिकलाई सेवा दिनको निम्ति बनेकाले न्युनतम साझा कार्यक्रममा एक रुपकता ल्याउनका लागि एक ठाउँमा उभिनको लागि पार्टिको विचार सिद्धान्त भन्दा पर गएर कार्यक्रममा त्यस्ता चिज समावेश गरौं । ती कार्यक्रमहरुले आम जनतालाई प्रत्यक्ष रुपमा सरोकार राख्छ । राजनीतिक दलहरुको विचारको विभेदलाई पन्छाएर जनमतलाई कदर गरेका छौं । जसरी जनमत आयो त्यसरी काम गर्नुपर्ने अवस्था आयो । त्यही अनुसार काम गर्छ । साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ । साझा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई सरकारले परिपूर्ति गर्नेगरी ठोस योजनाकासाथ अगाडि बढ्छौं । आम नागरिकका समस्या समाधान गर्ने र भ्रष्टाचार गर्ने विषयमा राजनीतिक दलमा विवाद गरे त्यो राजनीतिक दल नै भएन । त्यसमा हामी सहमत छौं । अहिलेसम्म सकिन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने भएको छ ।’

उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा सबै दल सहमत रहेको बताउनु भयोे ।