१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन: गृहमन्त्री लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने जनाउनु भएको छ ।

शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै लामिछानेले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो।

सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्।

हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।