७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कश्मिर फाइल्स’ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड



अ+ अ-

एजेन्सी । अक्षय कुमार स्टारर बच्चन पाण्डे फिल्म शुक्रबार रिलिज भए पनि ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा आफ्नो उत्कृष्ट व्यापार जारी राखेको छ । 

विवेक रञ्जन अग्निहोत्रीद्वारा निर्देशित फिल्मले आठौं दिन (दोस्रो शुक्रबार) अहिलेसम्मकै उच्च कलेक्शन गरेको छ । 

यो फिल्म हिन्दी सिनेमाको आधुनिक युगको सबैभन्दा ठूलो ब्लकबस्टरहरू मध्ये एक हो, तर यो मामूली बजेटमा बनेको छ ।

अहिलेसम्म आमिर खानको ‘दंगल’ र प्रभास स्टारर ‘बाहुबलीः द कन्क्लुजन’ ले आठौं दिनमा राम्रो व्यापार गरेको थियो । तर, अब ‘द कश्मीर फाइल्स’ ले आठौं दिन २२ करोड कमाएर बाहुबली २ र दंगलको रेकर्ड तोडेको छ । प्रभासको फिल्मले आठौं दिन १९.७५ करोड र आमिर खानको फिल्मले १८.५९ करोड कमाएको थियो ।

विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीको अभिनय रहेको छ ।