© 2023
काठमाडौँ । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा उनलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। नेपालले सोमबार सामाजिक सञ्जालमार्फत मध्यान्ह १२ बजेदेखि अपराह्न ४ बजेसम्म धर्ना दिने जानकारी दिएका थिए । उनले लिपुलेकमा भारतले ज्यादती गरेको, चीन(भारतले

नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा उनलाई नियन्त्रणमा लिइएको बताईएको छ ।