६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीको भँगाह मेयरमा लोसपा र उपमेयरमा कांग्रेस विजयी



अ+ अ-

काठमाडौं । महोत्तरीको भँगाहा नगरपालिका प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साह ५ हजार ६१७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत ल्याए ।

यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन् । उनले ५ हजार ७७५ मत ल्याउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत प्राप्त गरिन् ।