१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम



अ+ अ-

काठमाडौँ। विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए।

“ सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ। रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पुर्याउनु पनि उत्तिकै आवश्यक छ,” उनले भने।

बितेका नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएकाले धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ।

“हिमपहिरो खसेको ठाउँमा बनेको ताल र त्यसमा मिसिने खोल्साहरू पनि लगातारको वर्षाले भरिने र बग्ने हुँदा बेलाबेलामा बाढीको जोखिम बढेको हो,” उपाध्यायले भने।