१४ भाद्र २०८३, आईतवार
,
Latest
‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा



अ+ अ-

काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको राहत सामग्री बोकेको सैन्य कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेको छ।

चीनबाट ल्याइएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।

बाढीपीडितका लागि चीनले करिब ५० टन तौल बराबरका १३ हजार २ सय थान राहत सामग्री पठाएको हो। राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, कम्प्रेस्ड ड्राइफुड, प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्।

भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि चीनले उपलब्ध गराएको उक्त सामग्री आवश्यकताअनुसार प्रभावित नागरिकसम्म पुर्‍याइने बताइएको छ।