३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु
अ+ अ-

काठमाडौँ।वेस्ट बैंकको उत्तरी सहर जेनिनमा भएको इजरायली हवाई आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु भएको छ ।

स्थानीय प्यालेस्टाइनी स्रोतहरूकाअनुसार इजरायली लडाकु विमानले सहरको हर्ष अल–सादा क्षेत्रमा रहेको एक घरलाई लक्षित गरी सो आक्रमण गरेको हो ।

आक्रमणलगत्तै उक्त क्षेत्रमा इजरायली सुरक्षा फौज ठूलो संख्यामा परिचालन गरिएको छ । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेना घटनास्थलमा पुग्नुअघि नै आफ्ना चिकित्सा टोलीहरू त्यहाँ पुगेको जानकारी दिएको छ ।

यद्यपि, इजरायली सेनाले पछि स्वास्थ्यकर्मीहरूलाई नियन्त्रणमा लिएको सोसाइटीले जनाएको छ । विज्ञप्तिकाअनुसार सेनाले चिकित्सा टोलीका उपकरणहरू जफत गर्नुका साथै उनीहरूलाई घटनास्थलबाट बाहिर जान आदेश दिएको थियो

जरायली सेना र आन्तरिक सुरक्षा एजेन्सी ‘सिन बेट’ले एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त हवाई आक्रमणको जिम्मेवारी लिएका छन् । मारिनेमध्ये एक जना हमासका कार्यकर्ता ‘अल–बैतावी’ रहेको इजरायली पक्षको दाबी छ ।

इजरायली वायुसेनाको आक्रमणमा उनीसहित अन्य दुई सहयोगी मारिएको र उनीहरूको सवारी साधनमा हतियारहरू फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आक्रमणको कडा निन्दा गर्दै हमासले यसलाई ‘नरसंहार’ को संज्ञा दिएको छ। हमासले वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीहरूलाई इजरायली कदमविरुद्ध प्रतिरोधका स्वरूपहरूलाई थप सशक्त बनाउन आह्वान गरेको छ ।

पछिल्लो समय वेस्ट बैंकमा इजरायली सेनाले छापा मार्ने क्रमलाई तीव्रता दिएको छ भने प्यालेस्टाइनीहरूमाथि बसोबास गर्नेहरूका आक्रमण र भूमि कब्जाका घटनाहरूमा पनि उल्लेख्य वृद्धि भएको छ ।

यसले गर्दा उक्त क्षेत्रमा हिंसात्मक तनाव थप चुलिएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल