१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ । अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई÷तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले यहाँका पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । यस्तै, तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कार्यालय प्रमुख साहले यस अवधिमा लगातार पानी पर्नेभन्दा पनि छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्ने अनुमान रहेको बताउनुभयो ।

“यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर एक वा दुई स्थानबाहेक धेरै भारी वर्षाको सम्भावना कमै छ”, उहाँले भन्नुभयो, “तथापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकहरुले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

आज राति यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ ।

यस्तै, पहाडका एक वा दुई स्थानमा धेरै भारी वर्षा हुने जानकारी प्राप्त भएकाले सोहीअनुसार सतर्क रहन मातहतका युनिटलाई निर्देशन दिइएको बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिगविजय सुवेदीले उहाँले जानकारी दिनुभयो ।

पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।