१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको फाकफोकथुममा एमाले विजयी



अ+ अ-

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उहाँ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भइन् । राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरेका थिए ।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन ।