१४ भाद्र २०८३, आईतवार
,
Latest
इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको दुहबीमा कांग्रेस विजयी



अ+ अ-

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी हुनुभएको छ ।

गच्छदारले ११ हजार ९१६ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याउनुभयो ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याउनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित हुनुभएको थियो ।