सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी हुनुभएको छ ।
गच्छदारले ११ हजार ९१६ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याउनुभयो ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याउनुभएको छ ।
विसं २०७४ को निर्वाचनमा समेत यस नगरपालिकामा नगरप्रमुखमा गच्छदार नै निर्वाचित हुनुभएको थियो ।