१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो



अ+ अ-

धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सडक भासिएर जोखिम बढेपछि भदौ १४ गते बिहानदेखि हाललाई दुवैतर्फका सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको हो।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त सडकखण्डमा आवतजावत नगर्न प्रहरीले अनुरोध गरेको छ। सडक मर्मत तथा सुरक्षित रूपमा सञ्चालनमा ल्याउने सम्बन्धमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।

सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन तथा अन्य जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

फोटो- केशब अधिकारीको फेसबुकबाट