• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

हेटौंडा उपमहानगरपालिकाः एमालेका अनन्त दोस्रो स्थानमा उक्लिए, मतान्तर अब एक हजार मात्र



hetauda

हेटौंडा उपमहानगरपालिकाको मतगणना दिनदिनै रोचक बन्दै गएको छ । मेयरका तीन प्रत्यासीबीच कसले अन्तिममा बाजी मार्छ भन्न नसकिने स्थिति देखिएको छ ।

पछिल्लो मत विवरण अनुसार, झण्डै ४ हजार मतले पछि परिसकेका नेकपा एमालेका अनन्त प्रसाद पौडेल दोस्रो स्थानमा उक्लिएका छन् । उनले १२ हजार ८९६ मत ल्याएका छन् ।

पहिलो स्थानमा भने नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेकी मीना कुमार लामाले १३ हजार ९११ मत ल्याएर अग्र स्थान कायम गर्न सफल भएकी छिन् ।

मंगलबार र बुधबार लामालाई पछ्याइरहेका राप्रपाका दिपक बहादुर सिंहले १२ हजार ८६७ मत ल्याएका छन् ।

यी तीन उम्मेदवारबीच एक हजारको मात्र मतान्तर छ ।