१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्यूरो सदस्य एवं सुदूरपश्चिमका सहइन्चार्ज तथा सांसद प्रेमबहादुर आलेसहितको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

उक्त भेटका अवसरमा सांसद आलेले प्रधानमन्त्री ‘प्रचण्ड’ सँग सुदूरपश्चिमको खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकका लागि आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्नका लागि माग गरेका छन् ।

उक्त सडक सुदूरपश्चिमको विकासको मेरुदण्ड भएकाले आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आग्रह गरिएको सांसद आलेले बताए ।

उनले भने, “खुटियाँ, विपिनगर, दिपायल, सायलदेखि बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडकलाई निर्माण गर्न सके त्यहाँ थुप्रै पर्यटक भित्रयाउन सहज हुने र सुदूरपश्चिमको विकासले मुहार फेर्ने छ, आगमी आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट बिनियोजन गर्न माग गरेका छौँ, प्रधानमन्त्री ज्यू पनि सकारात्मक हुनु हुन्छ ।”

उक्त सडक निर्माण गर्न सके सुदूरपश्चिमका जनताले उत्पादन गरेका बस्तु भाउँहरुले पनि बजार पाउने तथा त्यहाँका जनताको आयस्तरमा समेत बृद्धि हुने भन्दै आर्थिक वर्षको बजेटमा १ अर्ब बजेट विनियोजन गराउन आफ्नो पहिलो प्रथामिक्ता रहेको सांसद आलेले बताए ।




भर्खरै