१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

काफल बेचेर मनग्य आम्दानी

काफल बेचेर मनग्य आम्दानी
अ अ+ अ-

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त हुनुहुन्छ । एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदैँ आउनुभएकी बादीले समयअनुसारका फलफूल बिक्री गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसरे बिक्री गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”

सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्नुहुन्छ । दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । प्रति माना रु एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उहाँको भनाइ छ । वादीले गतवर्ष काफल बिक्रीबाट रु ४० हजारबढी आम्दानी गरेको बताउनुभयो ।

बढ्दो गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना रु ५० देखि रु एक सय सम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आउनुभएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउनुहुन्छ । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दैआउनुभएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गर्नुभयो । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आउनुभएकी निमा पुनले बताउनुभयो । उहाँका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताउनुभयो ।

ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरु कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् ।