२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार उमाकान्त पाण्डे रिहा



अ+ अ-

काठमाडौं । ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा हुनु भएको छ ।

नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उहाँको रिहाइका लागि सहयोग गरेका छन् ।

महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

कागजात महासंघलाई उपलब्ध गराउने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद । घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गरिनुपर्छ । रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिनु भएको छ ।