२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित थियोः अध्यक्ष दाहाल



अ+ अ-

डोटी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ, मसहित सिङ्गो पार्टी यहाँको विकासका लागि अग्रसर हुनेछौँ ।”

आफ्ना क्षेत्रको विकास गर्ने जिम्मा अब डोटेली जनताको भएकाले यहाँको विकास गर्ने वा नगर्ने भन्ने जिम्मा यहीँका नागरिकको भएकोसमेत अध्यक्ष दाहालले जिकिर गर्नुभयो । अहिलेको निर्वाचन भनेको विकास गर्ने र विकास नगर्नेका बीच भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।