२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान



अ+ अ-

मनिला । नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार दिनभरी देशभरी मतदान भइरहेको छ ।निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् ।

त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसदका प्रतिनिधिहरु र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरु रहेका छन् । मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय समयानुसार विहान ६ बजे सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवारहरु मध्ये पूर्व राष्ट्रपति फोर्डिनान्ड मार्कोसका छोरा पूर्व सिनेटर समेत रहनु भएका ६४ बर्षका फोर्डिनान्ड मार्कोस जुनियर सबैभन्दा अगाडि रहनु भएको दाबी गरिएको छ ।

उहाँको प्रमुख प्रतिश्पर्धीको रुपमा भने वर्तमान उपराष्ट्रपति ५७ बर्षिया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उहाँहरु बाहेक अरु आठ जनाले पनि उम्मेदवारी दिनु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका कार्यबहाक प्रवक्ता जोन रेक्स लौडियाङकोले देशभरीका सबै मतदान केन्द्रहरु आयोगको निगरानी र नियन्त्रणमै रहेको जानकारी दिनुभयो ।

सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उहाँको भनाई छ । निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएको छ भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरिवी न्युनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषय नै अहिलेका प्रमुख एजेण्डा बनेका छन् ।