२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीका राजा सलमान अस्पताल भर्ना



अ+ अ-

रियाद । साउदी अरेबियाका राजा सलमानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको सरकारी सञ्चारमाध्यमले आइतबार उल्लेख गरेको छ।

राज्यले सामान्यतया ८६ वर्षीय वृद्ध सम्राटको स्वास्थ्यको बारेमा बाहिरिएका अनुमानहरू रोक्न खोजेको छ । राजा सलमानले २०१५ देखि शीर्ष तेल निर्यातक र अरब संसारको सबैभन्दा ठूलो अर्थतन्त्रको देशमा शासन गरिरहेका छन्।

उनी शनिबार तटीय शहर जेद्दास्थित किङ फैसल स्पेशलिस्ट अस्पतालमा केही स्वास्थ्य परीक्षण गर्न गएका थिए।
सन् २०२० मा राजा सलमानलको पित्तथैलीको शल्यक्रिया भएको थियो ।

उनको शासन अन्तर्गत साउदी अरेबियाले छिमेकी यमनमा युद्धमा प्रवेश गर्ने लगायत थप दृढ परराष्ट्र नीति अपनाउदै महत्वाकांक्षी आर्थिक सुधारहरू शुरु गरेको र महिलाहरूलाई थप अधिकार दिइएको बताइन्छ।