५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियललाई पन्छाउँदै लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब लिभरपुल यइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो चरणको खेलमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले तथा समग्रमा ५–२ को नतिजासहित लिभरपुलले फाइनलमा स्थान बनाएको हो ।

गएराति सम्पन्न दोस्रो चरणको खेल भिल्लारियलको घरेलु मैदानमा भएको थियो । खेलको तेस्रो मिनेटमा नै बोलाए डियाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा फ्रान्सिस कोकलिनले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

तर, दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ६२ औं मिनेटमा फाबिन्होले, ६७ औं मिनेटमा लुइस डियाज र ७४ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई दोस्रो चरणमा पनि जित दिलाए ।

लिभरपुलले अब उपाधिका लागि आज राति हुने रियल मड्रिड र म्यान्चेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे २९ मा हुनेछ ।




भर्खरै