२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरबीबी–एनभीए भलिबलः आर्मीको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबारको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदा आर्मीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एक तर्फी जस्तो भएको खेलमा आर्मीले गण्डकीमाथि २५–१९, २५–८ र २५–१८ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा रहेको छ । यस अघि आइतबार भएको पहिलो खेलमा आर्मीले विभागीय टोली एपीएफ क्लबलाई पनि ३–० को सोझो सेटमा हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले ढोरपाटन स्पोटर््स क्लबलाई पनि ३–० को सोझो सेटमा पराजित ग¥यो । हेल्प नेपालले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालले ३ अंक जोडेको छ । ढोरपाटनको यो लगातार दोस्रो हार हो ।

यसअघि सोमबार भएको महिला तर्फको खेलमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेट तथा पुलिसले एपिएफमाथि ३–१ को सेटमा पराजित गर्दा दुई विभागीय टोलीले आइतबारबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेका हुन । एक तर्फी जस्तो भएको खेलमा आर्मीले एभरेस्टमाथि २५–१९, २५–७ र २५–१८ को सेटमा जित निकालेको हो । सहज जितसँगै आर्मीले अंक तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ । बिजयी आर्मीले अब मंगलबार आर्मीले एपिएफसँग खेल्ने छ भने पराजित एभरेष्टले न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग मंगलबार नै खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत महिला तर्फको दोस्रो खेलमा नेपालले पुलिसले नियमीत स्पाईकर सरस्वती चौधरी विनाको एपिएफलाई ३–१ को सेटमा पराजित गरेको हो । सरस्वती चौधरी चोटका कारण जारी प्रतियोगितामा कोर्ट बाहिर रहेकी छिन् । सुरुआती दुई सेटमा २५–२०, २५–२३ को जित निकोलेको पुलिसले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट खेल देखाएको एपिएफ खेलमा फर्किने संकेत देखाए पनि चौथो सेटमा भने असफल भयो । चौथो सेटमा २५–१७ स्कोर निकालेर बलियो एपिएफमाथि पुलिसले रोमाञ्चक जित निकाल्यो ।

यस जितसँगै पुलिसले जितबाट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । यस्तै पराजित एपिएफले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । अब विजयी पुलिसले बुधबार एभरेष्ट भलिबल क्लबसँग खेल्नेछ ।