४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड

ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड
अ+ अ-

काठमाडौं । नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले एलपिजी ग्यासको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा लामो समयदेखि कायम रहेका समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन प्रणाली आवश्यक रहेको बताउनुभयो।

उहाँले विगतमा कार्यान्वयनमा ल्याइएको ‘उपभोक्ता कार्ड’ प्रणाली पूर्ण रूपमा असफल भएको स्मरण गराउँदै राज्यको लगानी र समय खर्च भए पनि त्यसबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताउनुभयो। अहिलेको अवस्थामा डिजिटल ट्रयाकिङ प्रणाली नै उपयुक्त विकल्प हुने उहाँको भनाइ छ।

सिलिण्डरको भौतिक अवस्था र मर्मतसम्भारका चुनौतीबारे चर्चा गर्दै घिमिरेले फलामबाट बनेका सिलिण्डरको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा नयाँ सिलिण्डरसमेत कुच्चिने तथा रङ उप्किने समस्या रहेको उहाँले जानकारी दिनुभयो।

यस्ता सिलिण्डरको नियमित हाइड्रो टेस्ट र पेन्टिङ गर्नुपर्ने भए पनि पेन्टिङका आधारमा मात्र ट्रयाकिङ गर्नु प्रभावकारी नहुने उहाँको तर्क छ। नयाँ बन्ने सिलिण्डरमा छुट्टै मेटल प्लेट राखेर त्यसमा स्थायी रूपमा कोड पञ्च गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।

घिमिरेले स्थायी ट्रयाकिङ प्रणालीले ग्यास अभावको समयमा मात्र नभई सामान्य अवस्थामा समेत उद्योगी, उपभोक्ता, विक्रेता र राज्यलाई पारदर्शी तथ्याङ्क उपलब्ध गराउने बताउनुभयो।

उहाँले भन्नुभयो, “सिलिण्डरमा पेन्टिङ गरेर मात्र कोड राख्नु दिगो हुँदैन। नयाँ बन्ने सिलिण्डरमा एउटा छुट्टै मेटल प्लेट थप गरी त्यसमा स्थायी रूपमा कोड पञ्च गरिनुपर्छ। यसो गर्दा ट्रयाकिङ प्रणाली भरपर्दो र दीर्घकालीन हुन्छ।”

यसैगरी, तराई तथा काठमाडौंका विभिन्न स्थानमा १४.२ केजीका ठूला सिलिण्डरबाट असुरक्षित रूपमा साना सिलिण्डरमा ग्यास सार्ने काम भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। यस्तो गतिविधिले उपभोक्ता ठगिनुका साथै ठूला दुर्घटनाको जोखिमसमेत बढाएको उहाँको भनाइ छ।

बजारमा भइरहेको असुरक्षित तथा अवैध ग्यास रिफिलिङप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घिमिरेले आधिकारिक ग्यास उद्योगहरूले ५ केजीका सिलिण्डर नभरिरहेको अवस्थामा पनि बजारमा त्यस्ता सिलिण्डर व्यापक रूपमा देखिनु सुरक्षा चुनौती भएको बताउनुभयो।

जनकपुरलगायतका क्षेत्रमा यस्तै लापरवाहीका कारण वर्षेनी विस्फोट तथा धनजनको क्षति हुने गरेको उल्लेख गर्दै उहाँले अवैध ग्यास रिफिलिङ नियन्त्रणका लागि प्रभावकारी अनुगमन र कडा कारबाही आवश्यक रहेको समितिको ध्यानाकर्षण गराउनुभयो।