• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

गायक गोबिन पुनको पहिलो साङ्गितिक कोसेली ‘म मात्र’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । 'द भोइस् अफ नेपाल सिजन-३' बाट निकै चर्चामा आएका गायक गोबिन पुनले 'द भोइस् अफ नेपाल'को यात्रा पछि आफ्नो पहिलो साङ्गितिक कोसेली बजारमा ल्याएका छन् । गायक पुनको 'म मात्र' बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा संगित भर्ने काम गायक पुन आफैले गरेका छन् भने शब्द, कम्पोज, म्युजीक भिडियोको कन्सेप्ट र कथा गायक पुन आफैको रहेको छ । गीतको म्युजिक भिडियोमा प्रतिभा राई र मनोज थापा मगरको मुख्य अभिनय रहेको छ । 

म्युजिक भिडियोलाई भने गायक छेवाङ् लामाले निर्देशन गरेका छन् । त्यस्तै म्युजिक भिडियोको सम्पादन भने बिजेश पौडेलले गरेका छन् । भिडियो प्रडक्सन् दाजु भाई कम्पनीले गरेका छन् भने पोष्ट प्रडक्सन् लाटोकसेरो फिल्मस्को रहेको छ ।

गीतलाई गायक गोबिन पुनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।