२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस घोषणापत्रको बारेमा ओलिको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ – प्रदीप पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले ओलीले आफ्नो सरकारका काण्डहरुको जति बचाउ गर्‍यो उत्ति नै नाङ्गिदै जाने समेत बताएका छन् ।

५ वर्ष सरकार सञ्चालन गर्न जनताले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्ने सम्मको कुकर्म छोप्न अरूलाई गलिगौलच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता रहेको समेत नेता पौडेलको आरोप छ ।

प्रदीप पौडेल लेख्छन् –
कांग्रेस घोषणापत्रको बारेमा ओलिको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादा र निर्वाचनको संवेदनशीलताको सामान्य हेक्का नराखी खर्चिएका सस्ता शब्द कुण्ठाका पराकाष्टा हुन्। आफ्नो सरकारले विगतमा गरेका काण्डहरुलाई जति बचाउँ गर्छन् उति नाङ्गिदै जान्छन् ।
५ वर्ष सरकार सञ्चालन गर्न जनतले दिएको मत र मेण्डेटलाई तिरस्कार गरेर संविधान मास्ने सम्मको कुकर्म छोप्न अरूलाई गलिगौलच गरेर रक्षात्मक बन्न खोज्नु दरिद्रता हो । मत लिनका लागि घोषणापत्रमा निराधार र सतही सपना छर्ने, जनमतको कदर गर्न नसक्ने र वाचा गरिएका न्यूनतम कुरा पनि पुरा गर्न नसकेपछि अरूलाई आक्रोश पोख्ने कुरा लज्जाको विषय हो । यस्तो दरिद्रता देखाएर मत माग्ने जो कोहीलाई जनताले स्वतः अस्वीकार गर्नेछन् ।
जय नेपाल ।