८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
अ+ अ-

काठमाडौँ। साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ ।

दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा  सामाजिक सङ्घ–संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उहाँले बताउनुभयो । पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिने छन् । बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ । “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ”,  सदस्य सचिव श्रेष्ठले भन्नुभयो ।

चार ढोकामा चार तिरबाट चार लाम

आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिर बाट चार लाइन रहने छन् । पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामुर्ति कैलाश हुँदै एक नं ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता चपल कक्षमा जुत्ता राखेर रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो ।

मार्ग नं १ बाट नै अर्को दोस्रो लाइन मात्र बोलबमहरुको लागि रहने छ । उक्त लाइन गुह्येश्वरी तिरबाट र जयबागेश्वरी हुँदै दथुटोल, पाचाटोल, बजार मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरेर रुद्रगारेश्वर भएर उतर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ ।

सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं २ जयवागेश्वरी, बालकुमारी, भुवनेश्वरी भएर नासल चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरेर मूल ढोका (पश्चिम) बाट दर्शन पूजा गरेर नन्दीलाई दायाँ पारेर मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

मार्ग नं ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशाला तिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङ्गबाट चौसठ्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ । विशेष पुजा बिहान ८ः३० बजे देखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले बताउनुभयो ।

मार्ग नं ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरेर चौँसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरेर दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मार्ग नं ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकेट लिएर राम मन्दिर मुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता चप्पल राखेर बागमती हुँदै आर्यघाटको भर्याङ्गबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरेर प्रसादि लिएर सोही बाटो फर्कने व्यबस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो ।

विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खोलेदेखि नै सुरु हुनेछ । यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुने छ । मार्ग न. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूल ढोका लगेर भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ ।

विशेष पूजाका प्रकार  

प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पञ्चामृत पूजा रु तीन हजार १०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताउनुभयो ।

फलफूल मिठाइसहितको पञ्चामृत पूजा रु सात हजार ५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ । विशेष सुलभ दर्शन पुजा प्रसादिको शुल्क रु एक हजार तोकिएको छ । यसका लागि बिहान ३ः०० बजे मन्दिर खोलेदेखि बेलुका आरतीसम्म नै हुनेछ ।

विशेष पूजाको रसिद मूल ढोका अगाडिको एसबिआइ बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ । विशेष सुलभ दर्शन पूजा प्रसादि रसिद प्राप्त गर्ने स्थान  भुवनेश्वरी चोकस्थित लकर सेबा माछापुच्छ«े बैंक एटिएम रहेको काउन्टरबाट र तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ ।

हंशमण्डपमा सबै स्वयमं्सेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीको लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ । पार्किङ व्यवस्था रहने स्थानका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ,  भण्डारखाल अगाडि तथा कोष परिषद्, सिफल चौंर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ÷ दिव्य पार्टी पालेस अगाडि, स्वास्थ्य सेवा रहने स्थान, पञ्चदेवल  पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुन्ड, जयवागेश्वरीमा व्यवस्था मिलाइएको छ ।

चन्दन प्रसादि वितरण स्थानका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था मिलाइएको छ । पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारका लागि  व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । रासस