२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याड्रिडको उत्तरमा लागेको डढेलोले १२ हजार हेक्टर जङ्गल विनास



अ+ अ-

म्याड्रिड। म्याड्रिडबाट १०० किलोमिटर उत्तरतर्फ फैलिएको भीषण डढेलोले १२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट गरेको छ र सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सार्नुपरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

गत बिहीबार ग्वाडालाजारा प्रान्तमा सुरु भएको यो आगो सिएरा नोर्टे प्राकृतिक निकुञ्जसमेत रहेको क्षेत्रमा फैलिएको हो । हालसम्म कुनै मानवीय क्षति भएको छैन, तर क्षेत्रीय अध्यक्ष एमिलियानो गार्सिया पेज र स्थानीय अधिकारीहरूले यसलाई नियन्त्रण गर्न ‘कठिन’ डढेलो बताएका छन् ।

डढेलो चील, ब्वाँसो र पुतलीजस्ता लोपोन्मुख प्रजातिका जनावरहरू बसोबास गर्ने जङ्गलले ढाकिएको पहाडी क्षेत्रमा सुरु भएको हो ।

यो घटना बुधबार जारागोजाको नजिक सुरु भएको अर्को भीषण डढेलोको लगत्तै भएको हो । त्यसले हालसम्म १६ हजार हेक्टरभन्दा बढी क्षेत्र विनास गरेको छ र अझै नियन्त्रणमा आएको छैन । यी डढेलोबाट कुनै मानवीय क्षति भएको रिपोर्ट भने आएको छैन ।

यो महिनाको सुरुतिर स्पेनले आफ्नो हालैको इतिहासमा सबैभन्दा घातक डढेलोको सामना गर्नुपरेको थियो । दक्षिणी अल्मेरिया प्रान्तमा भएको त्यस डढेलोमा१३ जनाको मृत्यु भएको थियो र सात हजार हेक्टर क्षेत्र नष्ट भएको थियो ।

स्पेनले पछिल्ला वर्षहरूमा स्पेनमा लामा समय र बारम्बार उष्णलहरको सामना गर्नुपरेको छ । स्पेनका कतिपय प्रभावित भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको छ । यस्तो अवस्थाले विनाशकारी आगलागी निम्त्याउने गरेको छ ।

वैज्ञानिकहरूका अनुसार मानवीय कारणले भएको जलवायु परिवर्तनले उष्ण लहरको अवधि, तीव्रता र बारम्बारता बढाएको छ, जसले वनस्पतिलाई सुकाएर आगलागीको जोखिम बढाउँछ ।  (रासस/एएफपी)