२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ



अ+ अ-

चितवन। अनलाइन सट्टेबाजी तथा अभौतिक  मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा कालिका नगरपालिका–४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठको खातामा अमेरिकन डलर ३३ हजार १५० दशमलव ३३ अर्थात् नेपाली रु ५० लाख ९८ हजार १८९ दशमलव २५ रहेको भेटिएको छ ।

उनको साथबाट एक थान मोबाइलसमेत बरामत गरिएको छ । बरामत गरिएको मोबाइल एपमा रहेको रु दुई लाख ९७ हजार ६२९ र उक्त खातामा रहेका रु १३ लाख ८२ हजार २० समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । रासस