१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ

समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले आधुनिक, दिगो र गुणस्तरीय पूर्वाधार निर्माणमार्फत देशको समृद्धिको आधार तयार गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा रहेको उल्लेख गर्नुभयो ।

६४औँ इन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले राष्ट्र निर्माणको यात्रामा इन्जिनियरहरूको योगदान अद्वितीय, अपरिहार्य र प्रेरणादायी रहेको धारणा राख्नुभयो ।

मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत्, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन तथा सूचना प्रविधिलगायतका आधुनिक पूर्वाधारको विकासले देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सरकारले गुणस्तरीय, दिगो, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
सरकारले जलविद्युत् उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जाल सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण, ऊर्जा सुरक्षाको सुनिश्चितता, नवीकरणीय ऊर्जा प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार तथा जलवायु अनुकूल विकासका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उहाँको भनाइ छ।

मन्त्री श्रेष्ठले अब विकास परियोजनाको सफलता बजेट खर्चका आधारमा मात्र नभई समयमै सम्पन्न हुने, लागतमा अनुशासन कायम गर्ने र नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने परिणामका आधारमा मूल्याङ्कन गरिने स्पष्ट यसका लागि इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता, पारदर्शिता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको बताउनुभयो ।

ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको उल्लेख गर्दै उहाँले जलविद्युत् उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत् व्यापार, नवीकरणीय ऊर्जा विकास तथा आधुनिक प्रविधिको प्रयोगमा दक्ष इन्जिनियरहरूको भूमिका निर्णायक रहने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वाधार विकासलाई कङ्क्रिट र स्टिलको संरचनामा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वाधारले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष योगदान पुर्‍याउने बताउनुभयो । ‘एउटा उत्कृष्ट डिजाइन, गुणस्तरीय निर्माण र जिम्मेवार प्राविधिक निर्णयले लाखौँ नागरिकको भविष्य परिवर्तन गर्न सक्छ, ‘ उहाँको भनाइ छ ।

इन्जिनियरहरूलाई व्यावसायिक इमानदारीता, प्राविधिक उत्कृष्टता, सार्वजनिक उत्तरदायित्व र गुणस्तरप्रतिको प्रतिबद्धतालाई कार्यसंस्कृतिको आधार बनाउन आग्रह गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै नवप्रवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक पुलले केवल दुई किनारा मात्र नभई विश्वास जोड्ने, सडकले दूरी मात्र घटाउने नभई विकासको ढोका खोल्ने र विद्युतले बत्ती मात्र नभई उद्योग, रोजगारी तथा समृद्धिको सम्भावनालाई उज्यालो बनाउने उल्लेख गर्दै इन्जिनियरहरूको योगदान दीर्घकालीन राष्ट्रिय विकाससँग प्रत्यक्ष जोडिएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले नीति निर्माण गर्ने भए पनि त्यसलाई नागरिकको जीवनमा सकारात्मक परिवर्तनका रूपमा कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी इन्जिनियरहरूको हुने उल्लेख गर्दै भविष्यले संरचनाको सङ्ख्या होइन, ती संरचनाले समाज र भावी पुस्ताको जीवनमा पारेको प्रभावका आधारमा मूल्याङ्कन गर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सम्पूर्ण नेपाली इन्जिनियरहरूलाई ६४औँ इन्जिनियर्स दिवसको शुभकामना व्यक्त गर्दै राष्ट्रको समृद्धिका लागि अझ समर्पित, उत्तरदायी र सिर्जनशील भएर काम गर्न समेत आह्वान गर्नुभयो ।