३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु

भारतमा बाढी र पहिरोबाट कम्तीमा १९ जनाको मृत्यु
अ+ अ-

श्रीनगर। मनसुनको वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोबाट भारतमा आइतबार कम्तीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको अधिकारी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

बाढी र पहिरोबाट म्यान्माको छिमेकी उत्तर–पूर्वी राज्य नागाल्यान्डमा आठ जनाको मृत्यु भएको छ भने भारत नियन्त्रित जम्मु–कश्मीरमा ११ जनाको मृत्यु भएको छ ।

नागाल्यान्डको मोन जिल्लाका जिल्ला प्रशासक वेन्येइ कोन्याकले एएफपीसँग भन्नुभयो, “हामीले आठ मध्ये चार जनाको शव निकालिसकेका छौँ र उद्धार कार्य जारी छ।”

उहाँका अनुसार बाढी र पहिरोका कारण कम्तीमा १५ जना घाइते भएका छन् ।

जम्मु–कश्मीरका मुख्यमन्त्री ओमार अब्दुल्लाले जम्मु क्षेत्रको राजौरीमा भएको ठूलो आकस्मिक बाढीप्रति ‘गम्भीर दुःख’ व्यक्त गर्नुभएको छ । उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बाढीले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ, बस रोक्ने स्थानहरूसमेत प्रभावित भएको छन् र धेरैको जीवन अस्तव्यस्त भएको छ ।”

भारतीय प्रशारक एनडीटीभीका अनुसार जम्मुमा कम्तीमा ११ जनाको मृत्यु भएको छ र ‘केही बेपत्ता’ भएका छन् ।

सेनाका जवान र राज्यका आपतकालीन टोलीले जम्मुको राजौरी जिल्लाबाट पाँच बालबालिकासहित ११ जनाको उद्धार गरेका छन् ।

भारत मौसम विभागले जम्मु–कश्मीरमा अर्को दुई दिन ‘अत्यधिक भारी वर्षा’ हुने चेतावनी आइतबार दिएको छ।

अधिकारीहरूले कश्मीर क्षेत्रमा वार्षिक हिन्दू अमरनाथ यात्रा ‘अस्थायी रूपमा स्थगित’ गरेको घोषणा गरेका छन् ।

स्थानीय सरकारले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सबै तीर्थयात्रीहरूको सुरक्षा र कल्याणको लागि यात्रा स्थगित गरिएको छ ।”

“मौसम सुधार भएर बाटो सुरक्षित भएको घोषणा नभएसम्म यात्रा पुनः सुरु हुने छैन,” विज्ञप्तिमा भनिएको छ ।

गत वर्ष यो क्षेत्रमा एक महिनासम्म चलेको अमरनाथ यात्रामा तार लाखभन्दा बढी हिन्दू तीर्थयात्री सहभागी भएका थिए ।

अधिकारीहरूले जम्मुमा रहेको वैष्णो देवी मन्दिरको हिन्दू यात्रासमेत स्थगित गरेका छन्, जसमा प्रत्येक वर्ष लाखौँ श्रद्धालु आउँछन् ।

भारतमा मनसुनको समयमा बाढी र सम्बन्धित दुर्घटना हरेक वर्ष हुने गर्छन् । भारतमा धेरै भागमा पानीको अभाव र खडेरी जस्तो अवस्थाको लामो गर्मीपछि मनसुन आउँछ ।  (रासस/एएफपी)