१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन

विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
अ अ+ अ-

काठमाडौँ। त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी) र हुवावे नेपालले विद्यालयको सहकार्यमा उक्त कार्यक्रम सुरु गरेका हुन् ।

शिक्षामा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै गुणस्तरीय शिक्षा सबै विद्यार्थीसम्म पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त विद्यालयलाई आधार बनाएर सुरु गरिएको यो पहलले नेपालभर स्मार्ट शिक्षाको अवधारणालाई विस्तार गर्ने नमुना परियोजनाका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका विद्यालयलाई विश्व निकेतनसँग डिजिटल माध्यमबाट जोडिनेछ । यसबाट विद्यार्थी र शिक्षकले प्रत्यक्ष वैज्ञानिक अनुसन्धानसम्बन्धी कक्षा, अन्तरक्रियात्मक सिकाइ तथा वास्तविक समयमै ज्ञान आदानप्रदान गर्न सक्नेछन् ।

हुवावेको ‘स्मार्ट क्लासरुम’मार्फत दुर्गम क्षेत्रका विद्यार्थीले गुणस्तरीय विज्ञान शिक्षा, डिजिटल सिकाइ सामग्री तथा सहकार्यात्मक गतिविधिमा सहभागी हुने अवसर पाउने छन् जनाइएको छ । साथै, विभिन्न विद्यालयका शिक्षकबीच शिक्षण अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यास साझेदारी र संयुक्त रूपमा कक्षा सञ्चालन गर्न सकिने जनाइएको छ ।

हुवावे नेपालको ‘स्मार्ट एजुकेसन’ अवधारणाले सहरी–ग्रामीण शैक्षिक अन्तर घटाउने, शिक्षकलाई डिजिटल प्रविधिमार्फत सशक्त बनाउने तथा तथ्याङ्कमा आधारित सिकाइ प्रणाली विकास गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

एडिबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान सुले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिको उपयोगमार्फत सबै विद्यार्थीका लागि समावेशी, उत्थानशील र भविष्यउन्मुख शिक्षा प्रणाली निर्माण गर्न एडिबी प्रतिबद्ध रहेको बताउनुभयो ।

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चेस्टर चेनले विद्यार्थीको भविष्य उनीहरू बस्ने स्थानले होइन, उनीहरूले प्राप्त गर्ने अवसरले निर्धारण गर्ने बताउनुभयो ।

प्रविधिमार्फत नेपालभरका कक्षाकोठा जोडेर विद्यार्थी र शिक्षकबीच सहकार्य तथा ज्ञान आदानप्रदानको वातावरण निर्माण गर्न खोजिएको उहाँको भनाइ थियो । रासस