१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६ गते संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४४औँ स्मृति दिवस छुट्टै मनाउने भएको छ ।

काठमाडौँको प्रज्ञा भवन कमलादीमा दिवसको समारोह आयोजना गर्न पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको सो समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो । साथै आवश्यकताअनुसार प्रचारप्रसार समिति, व्यवस्थापन समितिलगायत विभिन्न समितिहरु गठन गरिने उहाँले बताउनुभयो ।

कांग्रेसका केन्द्रीय निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरुलगायतको उपस्थितिमा १५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

सो समूहले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका बाबजुद धैर्यता अपनाई निरन्तर पार्टी एकताको प्रयास गरिरहेको आज पत्रकार सम्मेलन आयोजना गरी जनाएको छ ।

“निर्वाचन आयोगको निर्णय र सर्वोच्च अदालतको फैसला आउँदा पनि विधिको शासन र न्यायिक स्वतन्त्रताको पालना गर्दै पार्टी एकताकै लागि पहल गरिरहेका छौँ, आयोग र अदालतबाट मान्यता पाएको पक्षबाट भेटघाट, वार्ता र संवादका विषयमा सार्वजनिक हल्ला भएजस्तो सम्बन्धित पक्षसँग औपचारिक भेटघाट गरेको, ठोस प्रस्ताव राखेको अवस्था होइन, छैन”, नेता मीन विश्वकर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरुले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरु अघि सारेर एकतालाई असहज बनाए भनी चलाएका बजार हल्लाहरु निराधार, मिथ्या र भ्रामक भएको सो समूहको दाबी छ ।

पार्टी एकताका लागि नियमित महाधिवेशन पक्षले निरन्तर प्रयास गर्ने, हदैसम्मको लचकता अपनाउने, संवादपश्चात् लामो धैर्यता पनि राख्ने गर्दा गदै विवादपश्चातको सात महिना र अदालतको फैसला पछिका चार महिना बितिसक्दा पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलब्धिमूलक पहल गरेको वा गर्न चाहेको जस्तो नदेखिएको सो समूहको आरोप छ ।

पार्टीभित्र बलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको  रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न नियमित महाधिवेशन पक्षधरले यही साउन महिनाभित्र काठमाडाँैमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेको जनाएको छ । उक्त भेलाको मिति, समय र स्थान साउन ६ गते हुने बिपी स्मृति दिवसको कार्यक्रममार्फत सार्वजनिक गरिने नेता विश्वकर्माले जानकारी दिनुभयो ।

सो समूहले भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढिरहेकोे अवस्थामा तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक सावधानी अपनाउन सबै नागरिकमा अपिल गरेको छ । रासस