१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

पोखराको खुदीमा बिहान करिब ९ बजे मिनबहादुर ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा श्रीमती दानुमायालाई लिएर सवार थिए। तीव्र गतिमा चलेको अर्थमन्त्रीको गाडीले पाइजा दम्पती चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते पाइजाको ५ दिनसम्म होस नखुलेको र छैठौं दिनमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

माओवादी केन्द्रका तर्फबाट गठबन्धन सरकारका अर्थमन्त्री बराल दुर्घटना भएका दिन गाडीमा सवार नभएको उनको सचिवालयले जनाएको छ ।

पाइजाको श्रीमतीको अवस्था भने सामान्य रहेको छ ।