१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको छ।

नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

पोखराको खुदीमा बिहान करिब ९ बजे मिनबहादुर ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा श्रीमती दानुमायालाई लिएर सवार थिए। तीव्र गतिमा चलेको अर्थमन्त्रीको गाडीले पाइजा दम्पती चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते पाइजाको ५ दिनसम्म होस नखुलेको र छैठौं दिनमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

माओवादी केन्द्रका तर्फबाट गठबन्धन सरकारका अर्थमन्त्री बराल दुर्घटना भएका दिन गाडीमा सवार नभएको उनको सचिवालयले जनाएको छ ।

पाइजाको श्रीमतीको अवस्था भने सामान्य रहेको छ ।