३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह

रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
अ+ अ-

काठमाडौं रसुवाको उत्तरी सीमापारि चीनको तिब्बत क्षेत्रमा बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिएका छन्।

उनका अनुसार छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको नयाँ ताल फुटेको हो। उक्त क्षेत्र रसुवागढीबाट करिब १८ किलोमिटर माथि पर्छ।

‘२० मिनेटअघि मात्रै चिनियाँ पक्षबाट ताल फुटेको म्यासेज आएको छ,’ अध्यक्ष तामाङले भने।

जिल्ला प्रशासन कार्यालय रसुवाले पनि चीनतर्फ ताल फुटेको जानकारी प्राप्त भएको जनाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चिनियाँ पक्षबाट ताल फुटेको सूचना आएको पुष्टि गरेका छन्।

यसैबीच नेपाल प्रहरीले पनि तिब्बततर्फबाट पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको जनाएको छ। प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेको अवस्थामा चीनतर्फ पुनः ताल फुटेको सूचना आएपछि जोखिम थप बढेको छ।

नेपाल प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित तथा तल्लो तटीय क्षेत्रमा रहेका सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।