काठमाडौं । भक्तपुर जिल्लाका २८ व्यक्ति सम्पर्कविहीन भएका छन् । बुधबार भोटेकोशीमा आएको बाढीका कारण अलपत्रमा परेकाहरु सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरले आज बिहान दिएको जानकारीअनुसार परिसरमा २८ परिवारले सम्पर्क गरी आफन्त खोजिदिन आग्रह गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कार्कीले अलपत्रमा परेकाहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।







