काठमाडौं । रसुवामा भोटेकोशी नदीमा बाढीको सतह बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार भदौ १२ गते दिउँसो १२ः३१ बजे जारी गरेको एसएमएस अलर्टमा भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जनाएको छ।
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा नजान, सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।








