१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सांसदको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउँदै



अ+ अ-

वासिङ्टन डिसी । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो ।

यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनुहुनेछ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उहाँहरुले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी दिएको छ ।

नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसनल प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ । सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेशनले पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ ।

यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रङ्ंघको वडापत्रअनुसार युक्रेनमाथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ ।