२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट दर्ता, मंगलबार पेशी



अ+ अ-

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले गैर कानूनी रुपमा आफूलाई हटाईएको भन्दै अधिकारीले आईतबार रिट दर्ता गर्न खोज्नु भएको थियो ।

यो पनि पढ्नुहोस- गभर्नर प्रकरणः प्रधानमन्त्रीको काँधमा अर्थमन्त्रीको बन्दुक, निसानामा महाप्रसाद

सर्वोच्च प्रशासनले थप अध्यायन पछि मात्र रिट दर्ता गर्ने भने पछि हिजो रिट दर्ता हुन सकेको थिए । रिटमा आफुलाई गभर्नर पदबाट निलम्बन गर्ने सरकारको निर्णय खारेज गर्न र निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेशको माग गरिएको छ । रिटको सुनुवाईका लागि मंगलबार पेशी तोकिएको छ ।

अमेरिकाबाट संकास्पद रूपमा ४० करोड रुपैयाँ बराबरको रकम भित्र्याउन खोजेको तर गभर्नर अधिकारीले त्यसलाई रोकेपछि अर्थमन्त्री जनार्दन शर्माले अन्य आक्षेप लगाउदै आफु अनुकुल छानबिन समिति बनाएर उहाँलाई निलम्बन गर्नुभएको थियो ।