९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नरमाथिको कारवाही फिर्ता लिन केन्द्रीय बैंकमा कालो ब्यानर



अ+ अ-

काठमाडौँ । सरकार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ केन्द्रीय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै कोणसभाको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाड्याइको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नाङ्गो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि शुरु गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र ‘सङ्कटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ

कालो ब्यानर झण्ड्याउनुअघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभामा नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य सञ्चालकहरू वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चङ्गुलमा फस्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताउनुभयो ।

हालको गभर्नरमाथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्वमाथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताउनुभयो ।

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफुहरुसँग भएको बताउँदै अध्यक्ष तिम्सिनाले गभर्नरमाथि गरिएको कारबाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।

विरोध कार्यक्रममा सङ्घका अध्यक्ष तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकरप्रसाद भट्टराईलगायतका सङ्घका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।




भर्खरै