२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल एफए कपको फाइनलमा, सिटी पराजित



अ+ अ-

एजेन्सी । लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई ३–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

वेम्ब्ले स्टेडियममा भएको खेलमा लिभरपुलले इब्राहिमा कोनाटेको गोलबाट नवौं मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको पहिलो हाफमै १७ औं र ४५ औं मिनेटमा साडियो मानेले दुई गोल गर्दै लिभरपुललाई ३–० गोलको लिडमा राखे ।

खेलका ४७ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई केही हदसम्म खेलमा फर्काए । यस्तै, ९०(१ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपनि सिटीको हार टार्न सकेनन् ।

अब लिभरपुलले उपाधिका लागि आज रातिको चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे १४ मा वेम्ब्ले स्टेडियममा हुनेछ ।