४ भाद्र २०८३, बिहीबार
,
Latest
इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल एफए कपको फाइनलमा, सिटी पराजित



अ+ अ-

एजेन्सी । लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर सिटीलाई ३–२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

वेम्ब्ले स्टेडियममा भएको खेलमा लिभरपुलले इब्राहिमा कोनाटेको गोलबाट नवौं मिनेटमा नै सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको पहिलो हाफमै १७ औं र ४५ औं मिनेटमा साडियो मानेले दुई गोल गर्दै लिभरपुललाई ३–० गोलको लिडमा राखे ।

खेलका ४७ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई केही हदसम्म खेलमा फर्काए । यस्तै, ९०(१ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपनि सिटीको हार टार्न सकेनन् ।

अब लिभरपुलले उपाधिका लागि आज रातिको चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे १४ मा वेम्ब्ले स्टेडियममा हुनेछ ।