२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ‘जिम्बावे ए’सँग एक दिवसीय र टि–ट्वान्टी सिरिज खेल्ने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने उक्त सिरिजको खेल तालिका अनुसार नेपालले जिम्बावे एसँग पहिलो एक दिवसीय खेल यही वैशाख १७ गते खेल्नेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल वैशाख १९ र तेस्रो एक दिवसीय खेल वैशाख २१ गते खेल्नेछ ।

तीन एक दिवसीय खेलिसकेपछि नेपालले फेरि जिम्बावे एसँग नै तीन टि ट्वान्टी खेल खेल्नेछ । नेपालले जिम्बावे एसँग पहिलो खेल वैशाख २३, दोस्रो खेल वैशाख २४ र तेस्रो तथा अन्तिम खेल वैशाख २६ गते खेल्नेछ ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिका र ओमानसँग हुने त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नेछ । त्यसैको तयारी स्वरूप नेपालले अफ्रिकी राष्ट्र जिम्बावे ए टोलीसँग खेल्न लागेको हो ।