२९ मंसिर २०८२, सोमबार
,
Latest
गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘आरआरआर’को कमाई ७ सय करोड पार



अ+ अ-

काठमाडौं । गत हप्ताबाट प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले बक्स अफिसमा आक्रमक कमाई गरेको छ ।

एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’को हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको छ भने विश्वभरबाट ७ सय करोडको आँकडा पार गरेको छ ।

५ सय ५० करोडको लागतमा निर्माण भएको फिल्मले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् ।

यस्तै, फिल्मको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ ।

हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको यस फिल्ममा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियर मुख्य भूमिकामा छन् भने अजय देवगन र आलिया भट्टले क्यामियो रोल गरेका छन् ।